कोशीमा मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च पुगे निवर्तमान मुख्यमन्त्री


२७ बैशाख २०८१, बिहीबार
kedar karki and hikmat karki

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चले दर्ता गरेको हो ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गरेपछि निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्च गएका हुन् ।

कार्कीले सर्वोच्चमा रिट दर्ता गरेपनि यता प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्रीमा नियुक्ती गरिसकेका छन् । नव नियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ ग्रहण गरी कार्यभार सम्हाल्ने तयारी गरेको छन् ।

Writ KOshi Province 1
2 5
3 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७