अशोक राई पक्ष भन्छ–मधेस प्रदेश सभामा पनि हाम्रै बहुमत छ

‘जसपा अस्थिरताको कारक बन्दैन, अदालत जाने बाटो सबैलाई खुला छ’


२७ बैशाख २०८१, बिहीबार
Ashok Rai

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेश सभामा पनि आफ्नै सांसदको वहुमत रहेको दाबी गरेको छ । आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको छ । सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले केन्द्रमाझैं मधेस प्रदेश सरकारमा पनि आफूहरूकै नेतृत्वका सांसदहरूको बहुमत हुने दाबी गरे ।

उनले केन्द्र सरकारमा पनि ५० प्रतिशत भन्दा बढी आफ्नो पार्टीमा रहेको र मधेस प्रदेशमा पनि सो भन्दा बढी सांसदहरू आफूहरू पक्षको हुने बताए । उनले मधेस प्रदेशमा जसपा, नेपालमा रहेका १९ जना सांसदहरू रहेको र २१ दिनभित्र कसको पक्षमा बहुमत पुग्छ भन्नेकुरा स्पष्ट हुने बताए ।

उनले भने, ‘मधेस प्रदेशको सवाल राख्नु भएको छ । २१ दिने सूचना जारी भएको छ । कति जना हाम्रो विचारलाई, पार्टीलाई सकारात्मक रुपमा लिएर आउनु हुन्छ भन्नेकुरा छिटै थाहा पाउनु हुनेछ । मधेस प्रदेशमा हामी उहाँहरू भन्दा बढी नै हुन्छाँै । १९ जना हुनुहुन्छ । यहाँ जसरी ५० प्रतिशत भन्दा बढी छ, त्यहाँ पनि यो भन्दा बढी नै हुन्छन् ।’

महासचिव राईले जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी कमिटीहरूमा निर्णय भएको भन्दा फरक किसिमले व्यवहार गर्ने, अन्य पदाधिकारीको सहअस्तित्व स्वीकार नगर्ने प्रवृत्तिले गर्दा नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् । उनले संघीय संरचना भएको मुलुकमा यस किसिमले पार्टी सञ्चालन गर्दा अन्ततः गत्वा पार्टी नै ध्वस्त हुने अवस्था र निश्चित क्षेत्रमा पार्टी पुग्ने अवस्था पार्टीको नेतृत्वबाट देखिएकाले पहिचानसहितको संघीयता, सत्तामूलक समृद्धि र अग्रगामी परिवर्तनका पक्षमा रहेका नेताहरूले चक्रव्यूहबाट मुक्ति लिन आवश्यक भएकाले छुट्टै जनता समाजवादी पार्टी नामक राजनीतिक दल गठन गरेको बताए ।

‘जसपा अस्थिरताको कारक बन्दैन, अदालत जाने बाटो सबैलाई खुला छ’
जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अस्थिरताको कारक नहुने बताएका छन् । उनले सरकारको अंक गणित मिलिरहेको भए पनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनु पर्नेमा आफूहरु एक ठाउँमा उभिएको बताए ।

अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानुनी ढङ्गले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताए । उनले संवैधानिक अङ्गले वकिलहरुको जवाफ बहस समेत गराएर सहमति र स्वीकृति दिने काम गरेको भन्दै संविधानसम्मत दल दर्ता भएको बताए । उनले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७