कोशीका नव नियुक्त मुख्यमन्त्री कार्की र दुई मन्त्रीले लिए शपथ


२७ बैशाख २०८१, बिहीबार
s

मोरङ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । आज (बिहीबार) मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन् । कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन् ।

नेकपा (एमाले) का उपनेता समेत रामबहादुर राना र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती ‘सुशील’ मन्त्री बनेका छन् ।उनीहरू दुवैले शपथ ग्रहण गरेका छन् । उनीहरू बिना विभागीय मन्त्री नियुक्त भएका थिए । बुधबार प्रदेश प्रमुख खापुङ्गले सरकार गठन गर्न आह्वान गरेका थिए । बिहीबार एमालेका संसदीय दलका नेता कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश सांसदहरूलाई प्रदेश प्रमुख कार्यालय बोलाएर सनाखत गरिएको थियो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्की भने नव नियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई कुनै काम कारबाही अघि बढाउन नदिन मागसहित सर्वोच्च अदालत पुगेका छन् । उनले अन्तरिम आदेशको माग गर्दै रिट दिएका छन् । उनले प्रदेश प्रमुखले असंवैधानिक रूपमा सरकार गठनको आह्वान गरेको भन्दै आफैलाई नै कायम गर्न परमादेश दिन माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७