पार्टी फुटेपछि उपेन्द्र यादव मन्त्रिपरिषद बैठकमा अनुपस्थित


२७ बैशाख २०८१, बिहीबार
cabinet 1

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकमा उनी अनुपस्थित भएका हुन् ।

उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका देखिएपछि असन्तुष्ट बनेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सार्बजनिक रुपमा नै सरकार टिकाउन जसपा फुटाएको स्वीकार गरेका छन् । अब जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट पनि एमाले र माओवादी केन्द्र बाहिरिने तयारी गरेपछि यादव केन्द्रको समीकरणबाट बाहिरिने सम्भावना बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७