उमेशराज जोशी र भीम ढकाल एआईजीमा बढुवा


२७ बैशाख २०८१, बिहीबार
bhim prasad dhakal umesh joshi

काठमाडौं । सरकारले दुई डिआईजीको बढुवा गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले डिआईजी उमेशराज जोशी र भीम ढकाललाई एआईजीमा बढुवा तथा पदास्थापन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गृह मन्त्रालयको प्रस्तावमा जोशी र ढकाललाई बढुवा गर्ने निर्णय भएको उनले बताइन् । यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । यस बीचमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स गएको भन्दै बढुवा रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७