मधेश प्रदेशमा सरकार ढाल्ने कसरत


२७ बैशाख २०८१, बिहीबार
saroj yadav madhesh

रौतहट । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिने तयारी गरेको छ । समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन् । जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ ।

स्रोतका अनुसार जनमत पार्टीले पहिला आफूले मुख्यमन्त्री पाउनु पर्ने दावी गरेका कारण एमाले र माओवादीका नेताले तत्काल सरकार नछाडेका हुन् नेकपा एमालेले आफूले पहिला मुख्यमन्त्री पाउनु पर्ने र पछि जनमतलाई मुख्यमन्त्री दिने विषयमा छलफल भइरहेका कारण एमाले र माओवादीका मन्त्रीले अहिलेसम्म सरकार नछाडेको अवस्था रहेको र साँझसम्म उनीहरूले सरकार छाडेपछि मधेश प्रदेश सरकार आफै ढल्ने जनकपुरका पत्रकार हदिस खुद्धारले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७