अक्षय तृतीयाको दिन राशि अनुसार किन्नुहोस् यी वस्तु, माता लक्ष्मीको रहनेछ कृपा


२८ बैशाख २०८१, शुक्रबार
akshya tritiya

काठमाडौं । अक्षय तृतीया वैशाख २८ गते मनाइँदैछ। अक्षय तृतीयालाई धेरै ठाउँमा आखातीजको नामले पनि चिनिन्छ । यस दिन सनातन धर्ममा आस्था राख्नेहरूले विधि विधान अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा आराधना गर्नुका साथै दान पनि गर्ने गर्दछन् ।

ज्योतिषका अनुसार अक्षय तृतीयाको दिन सनातन धर्ममा आस्था राख्ने मानिसले सुन चाँदीका गरगहना किन्ने गरेको बताउँछन् । ज्योतिष शास्त्रका अनुसार राशि अनुसार किनमेल गरेमा लक्ष्मीको कृपा प्राप्त हुन्छ । राशिफल अनुसार यस दिन कुन कुन धातु किन्ने जानौं–

मेष राशि–यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन सुन र तामाको धातु किन्नु पर्छ ।
वृष राशि–यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन चाँदी र सुनको सिक्का किन्नु पर्छ ।

कन्या र मिथुन राशि–यी राशिका व्यक्तिहरूले अक्षय तृतीयाको दिन काँसाको धातु किन्नु पर्छ ।

तुला र कर्कट राशि–यी राशिका व्यक्तिले अक्षय तृतीयाको दिन चाँदीको धातु किन्नु पर्छ ।
सिंह राशि–ज्योतिष शास्त्र अनुसार सूर्यलाई ग्रहहरूको राजा र सूर्यलाई सिंह राशिको स्वामी मानिन्छ । अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले तामाको धातु किन्नुपर्छ ।

वृश्चिक राशि–यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन तामाको धातु किन्नु पर्छ ।

धनु राशि–अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले सुनसँगै काँसाको धातु किन्नु पर्छ ।

मकर राशि–यस राशिका व्यक्तिका लागि स्टिल तथा फलामका सामान खरिद गर्नु शुभ मानिन्छ । यस बाहेक तपाई आफ्नो आवश्यकता अनुसार सुनका गहना पनि किन्न सक्नुहुन्छ ।
कुम्भ राशि–अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले फलामको धातु किन्नु पर्छ । यसबाहेक चाँदी र सुन धातु लिन सकिन्छ ।

मीन राशि–अक्षय तृतीयाको दिन मीन राशिका व्यक्तिले काँसाको धातु किन्नु शुभ मानिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७