कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द


२८ बैशाख २०८१, शुक्रबार
sima naka 2 1

धनगढी । कैलालीका सीमा नाका आज (शुक्रबार) बाट तीन दिनसम्मका लागि बन्द हुने भएका छन् । भारतमा भइरहेको लोकसभा निर्वाचनको लागि कैलालीका साना–ठूला सीमा नाका बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा निर्वाचनका हुँदैछ । त्यसको लागि आज साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । जोशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७