संसदमा प्रस्तुत हुने रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै


२८ बैशाख २०८१, शुक्रबार
congress samsadiya dal baithak
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बिहान बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्नेछ ।

बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्ने सासद श्यामकुमार घिमिरेले जानकारी दिए । कांग्रेसले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै आएको छ ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । पूर्वमन्त्री समेत रहेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित भएको थियो । आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७