युद्धविराम वार्ता रोक्न इजरायलले रफाहमा आक्रमण गर्‍यो : हमास


२८ बैशाख २०८१, शुक्रबार
hamas pic

काठमाडौं । प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्ध रोक्ने वार्ता प्रभावित पार्न इजरायलले गाजाको दक्षिणी शहर रफाहमा आक्रमण गरेको हमासले आरोप लगाएको छ ।

इजिप्टको सीमा नजिकै प्यालेस्टिनीहरूले आश्रय लिएको रफाहमा ट्यांकहरू पठाएर इजरायलले अन्तर्राष्ट्रिय चासोको अवहेलना गरेको हमासका एक अधिकारी इज्जत अल–रिस्कले बताएका छन् । ‘रफाह र यसको सीमा नाकामा भएको सैन्य कारबाहीले मध्यस्थकर्ताको प्रयासमा बाधा पुर्‍याउने उद्देश्य राखेको छ’, उनले भने, ‘यद्यपि हमास अहिले पनि मध्यस्थकर्ताद्वारा प्रस्तुत युद्धविराम प्रस्तावलाई स्वीकार गर्न प्रतिबद्ध छ ।’

कायरोमा वार्ताका लागि पठाइएको हमासको प्रतिनिधिमण्डल प्रस्थान गरी कतारको राजधानी दोहा फर्किएको उनले बताए । इजिप्ट, कतार र अमेरिकाले महिनौँदेखि इजरायल र हमासबीचको सम्झौतामा मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् । इजिप्टको गुप्तचरसँग सम्बन्धित अल–काहेरा न्युजले लामो समयदेखि रोकिएको युद्धविराम सम्झौतालाई बलियो बनाउने उद्देश्यले कतार, अमेरिका र हमासका प्रतिनिधि मण्डलको वार्ता बिहीबार कायरोमा शुरू भएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७