सकियो पञ्जाब किंग्सको ‘प्लेअफ’ सम्भावना, बैंगलोरको लगातार चौंथो जित


२८ बैशाख २०८१, शुक्रबार
punjabvsrcb 20240510075641

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ६० रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको २४२ रनको लक्ष्य पछाएको पञ्जाव किंग्स १७ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो । यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २४१ रन बनाएको थियो । बैंगलुरुका लागि विराट कोहलीले सर्बाधिक ९२ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ । त्यस्तै पञ्जावको भने यो हारपछि प्लेअफको सम्भावना समाप्त भएको छ । १२ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा नवौं स्थानमा झरेको छ । यसका साथै यस सिजनमा मुम्बई इण्डियन्सपछि पञ्जाव किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७