ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी


२८ बैशाख २०८१, शुक्रबार
all nasar

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउडलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३–२ गोलले पराजित गरेको हो ।

अल नासरको जितमा मार्सेलो ब्रोजोभिकले ९१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यसअघि उनले खेलको सातौँ मिनेटमा सुरुवाती गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । त्यस्तै यस खेलमा खेलको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।

त्यसै गरी अल अखडोउडका लागि हसन अल हबिब र साभियोर गडविनले एक एक गोल गरेका थिए । यो जितपछि अल नासरको ३१ खेलमा ७७ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा ९ अङ्कले पछाडि रहेको छ । यद्यपि अल हिलाल एक खेल कम खेलेको छ । त्यसै गरी अल अखडोउडको भने ३१ खेलमा २८ अङ्क रहेको छ र लिगमा १५औँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७