स्रोत नखुलेको ९८ लाखसहित दरबार मार्गबाट दुई जना पक्राउ


२८ बैशाख २०८१, शुक्रबार
pakrau
सांकेतिक तस्वीर

काठमाडौँ । काठमाडौँको दरबार मार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले जानकारी दिए । दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् । बुटवल घर भएका उनीहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७