‘बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन’


२८ बैशाख २०८१, शुक्रबार
WHO hAg7Oi5CKC

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्डफ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ । हाल एच५ एन १ एभियन इन्फ्लुएन्जा भाइरसमा यस्तो परिवर्तनको कुनै संकेतत नरहेको जनाएको छ जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बढ्छ । संयुक्त राष्ट्र संघले यो भाइरस र संक्रमणका केसहरूको निरन्तर निगरानी गर्न आग्रह गरेको छ ।

संयुक्त राज्य अमेरिकाका विभिन्न क्षेत्रहरूमा लाखौं दुग्ध गाईवस्तुहरूमा बर्ड फ्लूको प्रकोप छ र हालसम्म एक जना संक्रमित भएको रिपोर्ट गरिएको छ । अहिलेसम्म कम्तिमा २२० जनालाई निगरानीमा राखिएको छ भने ३० जनाको परीक्षण गरिएको छ ।
संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले धेरै मानिसहरू संक्रमित जनावरहरूको सम्पर्कमा आएका छन् र तिनीहरूको अनुगमन र परीक्षण महत्त्वपूर्ण छ । साथै उनीहरूलाई आवश्यकता अनुसार स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ । डा. टेड्रोसका अनुसार अहिलेसम्म भाइरसले व्यक्तिमा सर्ने कुनै सङ्केत नदेखेको तर निरन्तर निगरानी आवश्यक छ ।

अमेरिकामा काँचो दूधमा यो भाइरस भेटिएको छ तर प्रारम्भिक परीक्षणमा दूधलाई उच्च तापक्रममा केही समय तताएर चिसो गरेर पाश्चराइजेसन गर्दा भाइरस नष्ट हुने देखाएको छ । यसलाई ध्यानमा राख्दै संयुक्त राष्ट्र संघले सबै देशका मानिसहरूलाई पाश्चराइज्ड दूध प्रयोग गर्न सल्लाह दिएको छ, जसको माध्यमबाट सम्भावित भाइरस सूक्ष्मजीवहरूलाई स्वास्थ्य जोखिम नहुने स्तरमा कम गर्न सकिन्छ । यसले दूधको शेल्फ लाइफ पनि बढाउँछ । संयुक्त राष्ट्र संघका महानिर्देशकले एभियन इन्फ्लुएन्जाका कारण जनस्वास्थ्य जोखिमको स्तर हाल न्यून रहेको आँकलन गरेको छ । संक्रमित जनावरहरूको सम्पर्कमा आउने मानिसहरूको लागि यो हल्कादेखि सामान्य स्तरमा हुन्छ ।

डा. टेड्रोसका अनुसार त्यहाँ एक विश्वव्यापी इन्फ्लुएन्जा निगरानी प्रणाली छ, जुन १३० देशहरूमा अवस्थित केन्द्रहरूको नेटवर्कद्वारा सञ्चालित छ । हालैका वर्षहरूमा, एच ५ एन १ जंगली चराहरू, कुखुराहरू, भूमि र समुद्री स्तनपायीहरू माझ छिटो फैलिएको छ, र अहिले दुग्ध गाईवस्तुहरूलाई संक्रमित गरिरहेको छ । सन् २०२१ यता २८ जनामा संक्रमण देखिएको छ, तर एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७