कांग्रेस संसदीय दलको वैठकमा गृहमन्त्री लामिछाने मुछिएको अभियोगपत्र वितरण

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय


२८ बैशाख २०८१, शुक्रबार
congress samsadiya dal baithak
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकमा सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्दा तयार गरेको अभियोग पत्र वितरण भएको छ ।

सिंहदरबारमा जारी बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसदहरुलाई उक्त अभियोगपत्र वितरण गरेका हुन् । उक्त अभियोगपत्रमा रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले दुई करोड ऋण लिएको देखिएको छ । तर, लामिछानेले आफूले कुनै ऋण नलिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत क्लिन चिट समेत लिएको खुलासा भएको थियो । लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले निरन्तर रुपमा उनीमाथि छानबिन हुनुपर्ने माग राख्दै आएको छ ।

कांग्रेसका एक सांसदले जारी बैठकमा लामिछाने सहकारी ठगीमा जोडिएको विषयको अभियोगपत्र अध्ययनका लागि सबैलाई वितरतण भएको जानकारी दिएका छन् । वैठकले लामिछानेको विषयमा अब कसरी प्रस्तुत हुने र आजदेखि सुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा ठोस धारणा तय गर्ने लेखकले बताए ।

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले आज (शुक्रबार) देखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७