रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतमा संसदमा बोल्न दिने कांग्रेसको निर्णय


२८ बैशाख २०८१, शुक्रबार
Rabi Lamichhane 2
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज (शुक्रबार) बस्ने संसद बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्ने दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेसहित शीर्ष नेताहरूलाई संसदमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

ती सांसदका अनुसार बैठकले लामिछानेलाई रास्वपाका सभापतिको हैसियतामा बोल्न दिने निर्णय गरेको हो । बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन वितरण गरिएको थियो ।
लामिछानेमाथि उठेको विषयमा छानबिन समिति नभएसम्म संसद अवरुद्ध गर्ने कांग्रेसको रणनीति रहेको ती नेताले बताएका छन् ।

सहकारी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रममा जान रोक लगाएको थियो । कांग्रेसले रोष्ट्रममा जान रोक लगाएपछि लामिछानेले आफूले संसदमा बोल्न पाउनुपर्ने बताउँदै आएका थिए । उसले लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म संसदमा अवरोध जारी राख्ने अडान लिँदै आएको छ । आज दिउँसो २ बजे बस्ने संसद बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७