रामकुमारी झाँक्रीको टिप्पणी : संघीयता कहिलेसम्म हो थाहा छैन


२८ बैशाख २०८१, शुक्रबार
ramkumari jhakri

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृतिसभामा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले संघीयता सवलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताइन् । उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबी गरिन् । उनले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्ने कुरामा शंका रहेको बताइन् ।

उनले स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि बताइन् । उनले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रियसभामा फेरि ५९ जना किन चाहियो भन्ने प्रश्न गरिन् । उनले राष्ट्रियसभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्ने जिकिर गरिन् । सचिव झाँक्रीले निर्वाचनको थ्रेस होल्ड बढाउनुपर्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७