आफ्नै श्रीमतीको अश्लिल भिडिओ सार्वजनिक गर्ने युवक पक्राउ


२८ बैशाख २०८१, शुक्रबार
Whatsapp

काठमाडौँ । आफ्नै श्रीमतीका गोप्य अङ्गको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा काठमाडौँमा एक युवक पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा रहँदा वाट्सएप कुराकानी गर्ने क्रममा श्रीमान–श्रीमतीबीच आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्वीर / भिडियो सार्वजनिक गरेको आरोपमा मकवानपुरको छतिवन बकैया गाउँपालिका–७, चुलुङ्गा स्थायी घर भई हाल काठमाडौ–३२, जडिबुटीमा बस्ने २४ वर्षीय फुर्साङ रुम्बालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

पीडितकी दिदीले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा पीडितका गोप्य अङ्ग देखिने तस्वीर / भिडियो फेक अकाउन्ट बनाई स्टोरीमा समेत अपलोड गरी पीडितका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा पठाउने व्यक्ति पीडितकै श्रीमान भएको पत्ता लागेको ब्युरोले जनाएको छ । रुम्बालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा वैशाख २७ गते पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गराई अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७