दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा, चुनाव प्रचार गर्न पाउने


२८ बैशाख २०८१, शुक्रबार
Kejariwal

नयाँदिल्ली । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो । उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।

मदिरासम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी (आप) का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् । उनी आज साँझसम्म जेलमुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतमा जारी लोकसभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए । सात चरणमा भइरहेको लोकसभाको चुनाव आगामी जुन १ तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७