रवि लामिछानेलाई प्रधानमन्त्रीले ‘क्लिन चिट’ दिएर हुँदैन, छानबिन हुनुपर्छ : सिटौला

‘छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन’


२८ बैशाख २०८१, शुक्रबार
Krishna sitaula TveQWyuRvR

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि लामिछानेलाई प्रधानमन्त्रीले ‘क्लिन चिट’ दिएर नहुने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा आज सम्बोधन गर्दै रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लीनचिट दिएर नहुने बताए । लामिछानेमाथि छानबिन नगर्ने सरकारको अडानले सरकार द्वन्द्वतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन् ।

सिटौलाले रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने कांग्रेसको बटमलाइन भएको बताउँदै आफूहरुले संसदीय छानबिन समिति बनाउन मात्र माग गरेको र राजीनामा नमागेको स्पष्ट गरे । उनले महान्यायाधिवक्ताको कार्यलयले क्लिन चिट दिएको भन्दै नेपालको इतिहासमा यसअघि यस्तो नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७