कांग्रेस शुरुबाटै सरकार भत्काउन लागेको छ : सांसद दाहाल


२८ बैशाख २०८१, शुक्रबार
Devendra Daha

काठमाडौं । सत्तारुढ नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको शुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल शुरु भएको बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको शुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल शुरु भएको आरोप लगाए । उनले सत्तालाई टिक्नै नदिने खेलले अस्थिरता निम्त्याउने बताए ।

उनले नेपाली काँग्रेसले सत्ता परिवर्तनको खेलमा लागिरहेको भन्दै प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थ केन्द्रित राजनीति नगर्न कांग्रेसलाई आग्रह गरे । उनले भने, ‘यो मुलुकमा डे वानदेखि जुन अहिले गठबन्धन बनेको छ, यो गठबन्धन भत्काउनका लागि पहल भएको छ । यसले यो सत्ता समीकरणको खेलले अस्थिरता निम्त्याउँदैन र ? सत्ता र सरकारलाई केही समय चल्न दिने होइन, पहिलो दिनदेखि नै यो सत्ता परिवर्तन गर्नेमा लागिरहेको अवस्था छ । नेपाली काँग्रेसका साथीहरुलाई आग्रह गर्दछु । प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थ केन्द्रित राजनीति नगर्नु होला ।’

नेता दाहालले विभिन्न १० वटा विधेयकहरु प्रतिनिधि सभाका विभिन्न समितिमा रहेको र ती विधेयकहरु छिटो भन्दा छिटो राष्ट्रिय सभामा फिर्ता आउनु आवश्यक रहेको बताएका छन् । सभाबाट सबै दलको सर्वसम्मतिमा पठाएको राष्ट्रिय मर्यादासम्बन्धमा बनेको विधेयक यसै तुहाउने आशंका लागेको बताए । उक्त विधेयकबारेमा अविलम्व छलफल प्रारम्भ गर्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७