रोष्ट्रम घेर्दै कांग्रेसको नाराबाजी, प्रतिनिधि सभा बैठक स्थगित


२८ बैशाख २०८१, शुक्रबार
samsad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो । सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार सदन बैठक अगाडि बढाउन थालेपछि कांग्रेसले नाराबाजी गरेको हो ।

कांग्रेसले सहकारी हिनामिनाका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित नाराबाजी गरेका हुन् । त्यसअघि कांग्रेसका महामन्त्री समेत रहेका गगनकुमार थापाले संसदीय कामकारबाहीमा कांग्रेसको साथ नरहने घोषणा गरेका थिए । कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७