यी हुन् मन्त्रिपरिषदका २५ निर्णय (सूचीसहित)


२८ बैशाख २०८१, शुक्रबार
cabinet 1

काठमाडौं । मन्त्रिपरिषद बैठकले गरेका २५ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार बसेको बैठकले २५ वटा निर्णय गरेको हो । बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरिन्स शेयरिङ भिजिटमा जान राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारीलाई स्वीकृति दिइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसिया जान स्वीकृति दिइएको छ । भ्रष्टाचार निवारण सम्बन्धी तालिममा सहभागी हुन उनी भ्रमणमा जान लागेकी हुन् । विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ९० लाख २४ हजार ३१२ अमेरिकी डलर (करिब एक अर्ब २० करोड बराबर)को अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआइजी) टेकप्रसाद राईलाई प्रशासन विभाग र सुदिप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गर्ने निर्णय भएको छ ।

यस्तै प्रहरी नायब महानिरीक्षकहरू उमेशराज जोशी र भिमप्रसाद ढकाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरी पदस्थापन समेत गरेको छ। जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्साल र ढकाललाई मानवस्रोत विकास विभागमा पदस्थापन गरिएको हो ।

यसै गरी इजराइल घटनामा निधन भएका ६ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्‍याउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय पनि गरेको छ । चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रस्ताव गरेका ७ वटा सवारीसाधन स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरू

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७