एआईजीपी राई र गिरीको सरुवा


२८ बैशाख २०८१, शुक्रबार
aigp

काठमाडौँ । सरकारले दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को सरुवा गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले मानव स्रोत विकास विभाग प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी टेकप्रसाद राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो ।

यस्तै प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी सुदिप गिरीको प्रशासन विभागमा सरुवा भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । बिहीबारको बैठकले डिआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बिहीबारको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७