कांग्रेसको अवरोधपछि संसद वैठक जेठ १ सम्म स्थगित


२८ बैशाख २०८१, शुक्रबार
samsad congresh birodh

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गर्दै आएको छ । आजको बैठकमा पनि नेपाली कांग्रेसले समिति नबनाइएको भन्दै अवरोध गरेको हो । आज २ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । दलहरूबीच सहमति नभएपछि निर्धारित समयभन्दा २ घण्टा ढिला बैठक सुरु भएको थियो ।

उक्त बैठक पनि कांग्रेसले अवरोध गरेको थियो । त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक करिब डेढ घण्टापछि बसेको थियो । दोस्रो बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए । लगत्तै कांग्रेस सांसदहरू उठेर नाराबाजी सुरु गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७