रविलाई गगनको जवाफ : संसदीय समितिमा आउनुस्, सबै चुनौति स्वीकार छ


२८ बैशाख २०८१, शुक्रबार
Gagan rabi 3

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ऋण लिएको तथ्य पुष्टि नभए राजनीति छाड्न तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठक चल्न नसकेपछि बाहिरिने क्रममा थापाले सबै चुनौति स्वीकार रहेको भन्दै लामिछानेले ऋण लिएको तथ्य पुष्टि नभए राजनीति छाड्न तयार रहेको बताए । थापाले भने, ‘पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ । गृहमन्त्रीले ऋण लिएको पुष्टि भयो भने उहाँले राजनीति छोडे हुन्छ । कहिले महान्यायाधीवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन । संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ । त्यहीँबाट पुष्टि गरे भइहाल्छ ।’

गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर जे–जे प्रमाण लुकाउनु पर्ने हो, लुकाई सकेको समेत आरोप लगाएका छन् । अब संसदीय समिति नबनेसम्म संसद नचल्ने थापाले बताएका छन् । पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘सडकमा आउँछ, त्यसअनुसार सामाना गर्न सरकारले तयार हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७