ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता


२०८१ बैशाख २९ शनिबार ०७:४३ बजे

काठमाडौँ । यौनिक तथा अल्पसंख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसंख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी जेठ ३ गते प्रतियोगिता गर्न लागिएको समाजका सदस्य सिम्रन शेरचनले जानकारी दिए ।

यौनिक तथा अल्पसंख्यक समुदायको घृणाविरुद्धको दिवस पारेर समाजले प्रतियोगिता गर्न लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले ११९० मे १७ तारिखमा यौनिक तथा अल्पसंख्यक मानसिक रोग होइन भनेर घोषणा गरेको अवसरमा दिवस मनाउँदै आएका छन् । यसबर्ष ‘कोही पनि पछाडि नपारिउन ः सबैको समानता र सामाजिक न्याय कायम होस्’ भन्ने नाराका साथ दिवश मनाइँदै छ ।

राष्ट्रिय नाचघरमा प्रतियोगिता हुनेछ । १९ जना सहभागी हुने प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार र तेस्रोलाई नगद राशीसहित प्रमाणपत्र दिइने छ । शेरचनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई थाइल्याण्डको बैककमा हुने ट्रान्सजेन्डर सौन्दर्य प्रतियोगिता सहभागी गराइने छ । आयोजक संस्थाले प्रतियोगितामा सहभागी हुनेलाई क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि १५ दिनसम्म तालिम दिइएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७