गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण


२०८१ बैशाख ३० आइतबार ११:२६ बजे

धनगढी । नेपाल आइडल विजेता रवि ओडले वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिएका छन् ।

जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन–२ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए । ओडको स्थायी ठेगाना गुलरियाको कृष्णपुर नगरपालिका हो । रविले गतमहिना बहुप्रतिप्रथाको कथावस्तुमा बनेको फिल्म ‘द्रौपदी’बाट अभिनय करिअर थालेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७