कामीरिता शेर्पा २९ औं पटक सगरमाथा शिखरमा, तोडे आफ्नै ‘रेकर्ड’


२०८१ बैशाख ३० आइतबार ०७:४९ बजे

काठमाडौँ । सोलुखुम्बुका कामीरिता शेर्पाले २९ औं पटक सगरमाथाको शिखर चुमेका छन् । शेर्पा आज (आइतबार) बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोडेका छन् ।

उनी गएको वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखरमा पुगेका थिए । सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाको सगरमाथा आरोहण यात्रा सन् १९९२ मा आरोहण सहयोगीको रुपमा शुरु भएको थियो । ५४ वर्षका शेर्पाले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमाल समेत आरोहण गरिसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७