त्रिभुवन विमानस्थलबाट पाँच किलो सुनसहित दुई भारतीय पक्राउ


२०८१ बैशाख ३१ सोमबार ११:२१ बजे

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो एक सय ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

गए राति फ्वाई दुबईबाट साँझ पौने ७ बजे आएका भारतीय नागरिक ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन पक्राउ परेका हुन् । उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक चाँच गर्ने क्रममा समातिएका हुन् । उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७