गोर्खा सैनिकको सुरक्षामा ट्रम्प–किम सिङ्गापुरमा


२८ जेष्ठ २०७५, सोमबार
gorkha

काठमाडौं, २८ जेठ । सिङ्गापुरमा भोलिदेखि हुने पहिलो शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन आइतबार नै सिङ्गापुर पुगिसकेका छन् । दुबै नेता आफ्नो व्यक्तिगत सुरक्षा टोलीसहित सिङ्गापुर पुगेका छन् । उनीहरूबीच भोलि (मंगलबार) वार्ता हुँदैछ । gorkha

ट्रम्प र किमको सुरक्षाका लागि सिङ्गापुरले आफ्नो प्रहरीक गोर्खाहरूलाई खटाएको छ । सिङ्गापुर प्रहरीका गोर्खाहरू वार्तास्थल, सडक र होटलको सुरक्षामा खटिसकेका छन् । सिङ्गापुरका कानून तथा आन्तरिक मामिला मन्त्री के. सान्मुगमले ट्रम्प र किमको सुरक्षार्थ ५ हजार बढी प्रहरी परिचालन गरिएको र त्यसमध्ये विशेष दस्ताका रूपमा गोर्खा रहेको जानकारी दिएका छन् ।

‘यति महत्वपूर्ण कार्यक्रमको सुरक्षा जिम्मेवारी गोर्खाहरू पाउनु गर्वको विषय हो,’ ३७ वर्ष बेलायती सेनामा काम गरेका कृष्णकुमार आले भन्छन्, ‘यसले संसारका दुई महत्वपूर्ण नेताको सुरक्षामा हामीलाई विश्वास गरिने तहसम्म हामी गोर्खाहरु पुगेको प्रमाणित गर्छ ।’ केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षामन्त्री जिम म्याटिससहित केही क्षेत्रीय मन्त्रीहरू एक सुरक्षा गोष्ठीका लागि आउँदा पनि सांग्रिला होटलको सुरक्षामा अरूबेला खासै नदेखिने गोर्खा सैनिक खटिएका थिए ।101960146 reuters capellasingapore

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हो । यसअघि ट्रम्पले वार्ताबाट केही हुने अथवा नहुने कुरा आफूले एक मिनेटभित्रै थाहा पाइहाल्ने बताएका थिए । वाशिङटन उत्तर कोरियालाई निःशस्त्रीकरणका लागि सहमत गराउन खोजिरहेको छ । सोलस्थित बीबीसी संवाददाता भन्छन्, सीमा वारिपरी बस्ने दुई कोरियाका नागरिकहरू दुर्लभ शिखर वार्ताले करीब ७० वर्षदेखि हुन नसकेको शान्ति सम्झौताका लागि कम गर्न अग्रसर गराउने विश्वास लिएका छन् ।

ट्रम्प र किम शिखर वार्ताको खर्च मात्रै एक अर्ब ५२ करोड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार सिङ्गापुरमा शिखर वार्ता हुँदैछ । वार्ताका लागि दुई देशका बाहलवाला प्रमुख सिङ्गापुर पुगिसकेका छन् । यो वार्तामा धेरै विषयमा सहमति हुने विश्वास लिइएको छ ।aa Cover e4ial9h2pdsb3fqd2coq84suv2 20180419120816.Medi

तर, यो वार्ताको अर्को एउटा पाटो छ, त्यो हो खर्च । अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार वार्ताको खर्च मात्रै एक करोड ५० लाख अमेरिकी डलर रहेको छ । त्यो भनेको नेपाली मुद्रामा करिब एक अर्ब ५२ करोड बराबर हो । विश्व शान्तिका बीच हुन लागेको यो पहिलो वार्तामा के कति खर्च हुन्छ भन्ने भन्दा पनि परिणाम के निस्कन्छ भन्ने विषय नै महत्वपूर्ण रहेको छ, अन्तर्राष्ट्रिय सञ्चार माध्यम एफपीले जनाएको छ ।

शिखर वार्ताको खर्च कसले र कसरी व्यहोर्ने भन्ने विषय प्रष्ट नहुँदै सिङ्गापुरले वार्ता व्यवस्थापनका लागि लाग्ने सबै खर्च व्योहोर्न आफू तयार रहेको जनाएको छ । खर्चको ५० प्रतिशत हिस्सा सुरक्षाका लागि छुट्याएको छ । विशेष गरी गोर्खा सैनिकले पहिलो घेरामा रहेर वार्ता स्थलको सुरक्षा गर्नेछन् ।101960145 singapore moci

अन्तर्रा्ष्ट्रिय शान्तिको लागि भएको पहलको दृष्टिले यो खर्च स्वाभाविक भएको र यसले सिङ्गापुरको समेत हित गर्ने त्यहाँका प्रधानमन्त्री लुङ्गको भनाइ छ । सिङ्गापुर र उत्तर कोरियाबीचको कुटनीतिक सम्बन्ध समेत लामै रहेको थियो । तर उत्तरले आणविक कार्यक्रम अगाडि बढाएको भन्दै उसले सो सम्बन्धबाट हात झिक्ने निर्णय ग¥यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७