संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (तस्वीरहरु)


२०८१ जेठ १ मंगलबार ०७:०२ बजे

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँ बानेश्वरमा रिहर्सल गरिएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवन भित्र पुर्‍याएको प्रक्रियाको रिहर्सल गरिएको थियो ।

सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७