पोखराको प्राइम सहकारीका अध्यक्षसहित आठ जना पक्राउ, एक अर्ब ५४ करोड हिनामिना आरोप


२०८१ जेठ १ मंगलबार ०६:५९ बजे

पोखरा । कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।

मंगलबार प्रहरीले उक्त सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य मानबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

सहकारीका सञ्चालक समितिका पदाधिकारी समेतले बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको र ठगी गरेको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले प्रहरीमा जाहेरी दिएको थियो । उक्त सहकारीमा एक अर्ब ५४ करोड १५ लाख ८ हजार १४२ रुपैयाँ ८५ पैसा हिनामिना गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले बचतकर्ताहरुसँग पनि उजुरी आह्वान गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७