१६औं पञ्चवर्षीय योजनाकाे लक्ष्य : प्रतिव्यक्ति आय २,३५१ डलर, ७.३ प्रतिशत आर्थिक वृद्धि


२०८१ जेठ २ बुधबार ०६:५७ बजे

काठमाडौं । आउँदो आर्थिक वर्ष ०८१/८२ मा ६ प्रतिशतको र आव ०८५/८६ सम्ममा औसत ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको छ । राष्ट्रिय योजना आयोगले बुधबार १६ औं योजना (०८१/८२–०८५/८६) को अन्तरवस्तु सार्वजनिक गर्दै यस्तो लक्ष्य लिएको बताएको छ ।

मंगलबार मन्त्रिपरिषद्ले १६औं योजना पारित गरेको थियो । आयोगका प्रवक्ता यमलाल भुसालले आवधिक योजना स्वीकृत गर्ने र कार्यान्वयन हुने दुर्लभ घटना भएको बताए । उनले भने, ‘६७ वर्षको अवधिमा पाँच वटा त्रिवर्षीय र १० वटा पञ्चवर्षीय योजना आएका छन् ।’

उनले १६औं योजनाले विकास र समृद्धिका विद्यमान अवस्था र सम्भावनाहरू पहिचान गरेको बताएका छन् । उनले भने, ‘राजनीतिक नेतृत्व तह आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित छन् । तीन तहका सरकार आर्थिक–सामाजिक तथा पूर्वाधार विकासमा संलग्न छन् ।’

निजी क्षेत्रको व्यावसायिक कुशलता र उद्यमशीलता विकास, पुँजी र प्रविधिको उपलब्धतामा वृद्धि, सूचना प्रविधिको विकास र प्रयोगमा वृद्धि, र कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा उच्च प्रतिस्पर्धी क्षमता र रोजगारी सिर्जनाका सम्भावना रहेको उनले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७