दाँतबाट खुल्यो रुखमा बाँधी जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय


२०८१ जेठ २ बुधबार ११:५८ बजे

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा केहि दिनअघि जिउँदै जलाइएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

मृतक दोलखा भीमेश्वर नगरपालिका–६ चरिकोटका विष्णुप्रसाद सुवेदी भएको पुष्टि भएको हो । उनको दाँतबाट पहिचान भएको प्रहरीले जानकारी दिएको छ । उनले माथिल्लो भागमा ३ वटा र तल्लो भागमा ९ वटा दाँत हालेका थिए ।

उनको ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पनि घर छ । टिकाथलीबाट वैशाख २३ मा उनी दोलखाका लागि हिँडेका थिए । जिरो किलोबाट त्यस दिन बिहान ११ बजेतिर टिकाथलीमा परिवारलाई फोन गरेर उनले ‘म साथीहरूसँग एउटा काममा छु, बेलुकासम्म आउन सक्छु ।’ भनेर खबर गरेका थिए । तर उनको शव भेटिएको हो । उनलाई रूखमा मुखमा तार बाँधेर जिउँदै आगो लगाएको पाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७