पार्किङमा राखिएका गाडी श्रृंखलावद्ध चोरी, एक युवक पक्राउ


२०८१ जेठ २ बुधबार ०७:१४ बजे

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा पार्किङ गरी राखिएका सवारीसाधन रातको समयमा श्रृंखलावद्ध रुपमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भई हाल ललितपुरको सानेपा बस्दै आएका गणेशबहादुर गौतम छन् ।

उनले बा १४ च ९८२५, बा १२ च ४७०६ र बा ७ च ७७० नम्बरको टाटा कम्पनीको पिकअप गाडी श्रङ्खलाबद्ध रुपमा चोरी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार गौतमले गाडी चोरी गरेपछि ब्याट्री झिकेर बेवारिसे अवस्थामा छाडेर जाने गरेका थिए ।

प्रहरीका अनुसार गौतमले नैकाप र सतुंगलमा दुई वटा पिकअप गाडी छाडेका । यस्तै, बा ७ च ७७० नम्बरको पिकअप गाडी धादिङको खानीखोलामा छाडेर भागेका प्रहरीले जनाएको छ । खोजतलासका क्रममा गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा काभ्रेको भुम्लु गाउँपालिकास्थित दोलालघाटबाट पक्राउ गरिएको एसपी सुवेदीले जानकारी दिए । चोरी मुद्दामा गौतमविरुद्ध अनुसन्धान गर्न ललितपुर परिसरले जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७