सन्दीपको मुद्दाको सकियो बहस, न्यायाधीशले सीसीटीभी फुटेज हेर्दै


२०८१ जेठ २ बुधबार ०७:३८ बजे

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको बहस सकेको छ । बहस सकिएपछि इजलासमा रहेका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले घटनाका बेलाको सीसीटीभी फुटेज मगाएर हेर्न थालेका छन् ।

बहसका क्रममा सीसीटीभी फुटेजका विषयमा धेरै कुरा उठेकाले निर्णय गर्नअघि न्यायाधीशले त्यो हेर्न चाहेका हुन् । मंगलबारदेखि जारी बहसमा बुधबार अन्तिममा सन्दीप पक्षका अधिवक्ताद्वय सरोजराज घिमिरे र सविता भण्डारीले बहस गरेका थिए । बहस टुंगिएसँगै न्यायाधीशले सीसीटीभी फुटेज हेर्न खोजेका हुन् । त्यसपछि फैसला आउनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७