सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा


२०८१ जेठ २ बुधबार ०७:०५ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन नेताबीच छलफल भइरहेको छ । उक्त छलफलमा जसपाका नेता पनि सहभागी छन् । नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आइरहेको छ । सदन अवरोधका विषयमा छलफल भइरहेको जनाइएको छ । सिंहदरबार पुग्नुअघि एमाले अध्यक्ष ओलीले संसदीय समिति नबन्ने र सदन सुचारु गरिने दाबी गरेका थिए ।

नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको बताइएको छ । त्यस्तै सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलको बाटो खुलाउने र आगामी बजेटबारे पनि कुराकानी हुने बताइएको छ । कांग्रेसले हिजो राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि सदनको कार्यसूची अघि बढाउन दिएको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७