दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डर वरीयताको शीर्ष १० मा, एशोसिएट राष्ट्रतर्फ पहिलो नम्बरमा


२०८१ जेठ २ बुधबार ०७:३६ बजे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी टी–२० क्रिकेट विश्व वरीयताको अलराउण्डरतर्फ शीर्ष १० मा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै १० औँ स्थानमा पुगेका हुन् । उनी टी–२० अलराउण्डरको वरीयतामा एशोसिएट राष्ट्रतर्फ पहिलो नम्बरमा छन् ।

दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउण्डरतर्फ ११ औं स्थानमा थिए । यस्तै टी–२० वरीयताको अलराउण्डरतर्फ कुशल मल्ल ३३ औं र गुल्सन झा ६१ औं स्थानमा यथावत रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान तल झर्दै ६६ औं स्थानमा छन् । यस्तै करण केसी एक स्थान सुधार गर्दै ७४ औं स्थानमा उक्लिएका छन् ।

टी–२० वरीयताको ब्याटिङतर्फ दीपेन्द्र ५० औं स्थानमा यथावत छन् । यस्तै कप्तान रोहित तीन स्थान तल झर्दै ६१ औँ स्थानमा छन् । यस्तै आसिफ शेख एक स्थान तल झर्दै ८७ औँ स्थानमा छन् । टी–२० वरीयताको बलिङतर्फ सोमपाल कामी ९२ औँ स्थानमा यथावत् छन् । टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्दै १७ औं स्थानमा छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७