सन्दीपलाई उच्च अदालतले दियो सफाइ, जिल्लाको फैसला उल्टियो


२०८१ जेठ २ बुधबार ०७:३७ बजे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबारे जिल्ला अदालत काठमाडौंको फैसलालाई उच्च अदालत पाटनले उल्ट्याइ दिएको छ । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो । योसँगै लामिछानेले बलात्कार अभियोगमा सफाइ पाएका छन् ।

१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध आठ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका थिए । उच्चले सन्दीपको पक्षमा फैसला गरेको हो ।

उच्च अदालतमा ११ फागुन २०८० मा सन्दीपको निवेदन दर्ता भएको थियो । त्यसयता पाँच पटक पेसी तोकिए पनि जेठ १ र २ गतेको सुनुवाइपछि फैसला आएको हो । उच्चको फैसलासँगै सन्दीपको क्रिकेट करिअर जोगिएको छ । सफाइ पाएसँगै उनको निलम्बन फुकुवा हुनेछ भने अब विश्वकप खेल्ने पनि पाउने भएका छन् । तर, गौशाला २६ सँग सर्वोच्च अदालत जाने विकल्प बाँकी नै छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७