सफाइ पाएसँगै सन्दीपलाई विश्वकप खेल्ने बाटो खुल्यो


२०८१ जेठ २ बुधबार ०६:५३ बजे

काठमाडौं । निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।

अदालतबाट सफाइ पाएका लामिछानेले क्रिकेटमा फर्किने बाटो खुलेको हो । जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको थियो । उच्च अदालतको फैसलापछि क्यानले निलम्बन फुकुवा गर्न सक्ने छ ।

नेपाली क्रिकेट टिम आधिकारिक रुपमा घोषणा भई अमेरिका पुगिसकेको छ । तर, यही २५ मेसम्म खेलाडी प्रतिस्थापन गर्न पाउने आईसीसीले समय दिएकाले नेपाल क्रिकेट संघले चाहेमा उनलाई अमेरिका पठाउन सक्छ । अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’ मा छ । नेपाल रहेको सो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड छन् । प्रतियोगिता १ जूनमा सुरु हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७