सन्दीपका वकिल घिमिरेको प्रतिक्रिया–उनी निर्दोष थिए, अदालतले न्याय दियो


२०८१ जेठ २ बुधबार ०७:५६ बजे

काठमाडौं । निलम्बित क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि उनका वकिल सरोज घिमिरेले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन् । घिमिरेले आफूहरूले सुरुदेखि नै सन्दीप निर्दोष रहेको दावी गर्दै आएको र आज अदालतले न्याय दिएको बताएका छन् ।

उनले भने, ‘हामीले सुरुदेखि नै सन्दीप निर्दोष छन् भन्दै आइरहेका थियौं । जिल्ला अदालतले आधार, कारण नहेरी दोषी ठहर गरेको थियो । सम्मानित उच्च अदालतले आधार कारण हेरेर सफाइ दिएको छ । उनी अन्यायमा परेका थिए, अहिले न्याय पाएका छन् । अदालतप्रति सधैँ सम्मान रहने छ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७