सफाइ पाएपछि सन्दीपले भने–अदालतले न्याय दियो, न्यायमूर्ति र समर्थकप्रति आभारी छु


२०८१ जेठ २ बुधबार ०६:५९ बजे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूले अन्ततः न्याय पाएको बताएका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाई दिंदै सफाई दिएका छन् । उच्च अदालत पाटनबाट सफाइ पाएपछि लामिछानेले आफूलाई धेरै तवरबाट फसाइएको प्रतिक्रिया दिए ।

उनले समर्थकहरूप्रति आभार प्रकट गरे । आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे एक वर्षदेखि विभिन्न तवरले फसाएको बताए । ‘सुरुदेखि म निर्दोष छु भनिरहें । साढे एक वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो । अपराधी करार गरिएको थियो । अन्त्यमा यहाँसम्म आइपुगेको छु,’ उनले भने । उनले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताएका छन् । ढिलै भए पनि आफूले न्याय पाएको उनको भनाइ छ ।

‘मलाई न्याय दिनु भएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ’, उनले भने । उनले काँधमा नेपालको झण्डा राख्दै नेपाली क्रिकेटलाई झन माथि पुर्‍याउने प्रतिवद्धता गरे । ‘नेपाली क्रिकेटलाई जहाँ पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउँछु,’ उनले भने । सन्दीपका कानुन व्यवसायी सरोजराज घिमिरेले सन्दीप लामिछानेलाई कप्तानीसहितको जिम्मेवारी दिनुपर्ने बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७