उपेन्द्रको पक्षमा सर्वोच्चको अन्तरकालीन आदेश, अशोक राईको पार्टी दर्ता निर्णय यथास्थितिमा


२०८१ जेठ २ बुधबार ०६:५७ बजे

काठमाडौं । सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विनोद भट्टराईको इजलासले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई दल दर्ताको मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको छ । अदालतले जेठ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

‘निर्वाचन आयोगको बैठक संख्या १२-२०८१ मिति २०८१-०१-२४ को बैठकको प्रस्ताव नं. ३० मा भएका विभिन्न निर्णयहरूमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियमारहेका भन्ने देखिन आई उक्त विषयमा प्रत्यर्थी निर्वाचन आयोग समेतसँग छलफल गरी निष्कर्षमा पुग्न मुनासिव देखिएकाले वैशाख २४ को बैठकबाट भएका निर्णयहरू र सोका आधारमा भएका कामकारबाहीहरू जहाँ जे–जस्तो अवस्थामा छन् सोही अवस्थामा यथास्थितिमा राखी जेठ ८ मा छलफलको लागि उपस्थित हुनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम प्रत्यर्थीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ,’ आदेशमा भनिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७