डिल्लीराम खनाललाई धरौटीमा रिहा गर्न आदेश


२०८१ जेठ २ बुधबार ०८:०६ बजे

काठमाडौँ । युट्युब च्यानलहरुमा अफवाहपूर्ण अभिव्यक्ति दिएका कारण चर्चा र विवादमा आइरहने डिल्लीराम खनाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । पछिल्लो पटक सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबाबु (जीबी) राईको हत्या भएको हल्ला फैलाएको आरोपमा पक्राउ परेका खनाललाई न्यायाधीश खेमराज भट्टको इजलासले पाँच हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’ मा अन्तर्वार्ता दिएका थिए । उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय अपराधको अभियोगमा मुद्दा दायर गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७