क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा


२०८१ जेठ २ बुधबार ११:३६ बजे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनीमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । आज (बुधबार) क्यानले आफ्नो आधिकारी फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै लामिछानेमाथिको सबै (घरेलु तथा अन्तर्राष्ट्रिय) निलम्बन फुकुवा भएको जानकारी गराएको हो ।

‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौं’, विज्ञप्तीमा भनिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७