स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार


२०८१ जेठ २ बुधबार ०८:०२ बजे

काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली प्रहार भएको छ । गोली लागेपछि ५१ वर्षीय प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।

घटनास्थलमा उपस्थित पत्रकारहरूका अनुसार चार पटक गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ । गोली राजधानीभन्दा करिब २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउमा भएको सीएनएनले उल्लेख गरेको छ । ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिँदै गर्दा गोली चलाइएको बताइएको छ ।

स्लोभाकियाकी राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताएकी छन् । उनको पछिल्लो अवस्थाबारे जानकारी आउन भने बाँकी रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७