मधेशको चनौटेडाँडा : मधेश र विहारका पर्यटकलाई गर्मी छल्ने उत्कृष्ट पर्यटकीय हवको सम्भावना


२०८१ जेठ ३ बिहीबार १०:३४ बजे

– बिशाल बस्नेत
महोत्तरी । गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाइन्छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटेडाँडामा पुगेपछि पाइने विशिष्ट चिसो मौसमले यसलाई पुष्टि गर्दछ ।

यो खवर थाहा पाएपछि मधेश र नजिकै सीमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई समेत वन्न सक्छ । किन भने विहारका जिल्लाहरुवाट यहाँ ३५ किलोमीटर मात्र दूरीमा छ भने मधेश प्रदेशको मध्यविन्दुमा पर्दछ । छोटो दूरीमा उच्च पहाडी जिल्लाको जस्तो चिसो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाईने यो ठाउँ मधेश र भारतको विहारका मानिसहरुका लागि कम खर्चिलो यात्र समेत बन्ने देखिन्छ ।

उनले यो उचाईवाट दृश्यावोलकन गर्न सकिने मधेशका फाटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको वताउदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र पर्वद्वनमा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए । बर्दिवास नगरपालिकाको खयरमारावाट ४ किलोमीटर मात्र माथि उक्लेपछि पाइने हावापानी वाह्य र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण आधार बनेको छ ।

‘जुनार र सुन्तला पनि यहाँ पाइन्छ । त्यसो हुँदा कत्ति चिसो हावापानी पाइन्छ भन्ने भनिरहनु नै परेन ।’ उद्योग बाणिज्य संघ बर्दिवासका चौधरी महतोले भने, ‘यो मधेशको दोश्रो भेंडेटार जस्तै बन्न सक्छ ।’ प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकीय गन्तव्य बनाउन सकिने गतिलो आधार भएता पनि प्रचारप्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरुले नै प्रमाणित गर्दछ ।

‘प्रचुर सम्भावनाहरु बोकेर पनि ओझेलमा परिरहेको छ’, सोही वडाका वडा अध्यक्ष गोपाल वलले भने, ‘गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईवासी र नजिकै सीमाना जोडिएको भारतको विहारका मानिसहरुलाई यतै रोक्न सकिन्छ ।’ यतिवेला मधेशमा अत्याधिक गर्मी छ । यहाँका मानिसहरु चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरुमा जाने क्रम बढेको छ भने नजिकै सीमाना जोडिएको भारतको विहार प्रदेशका मानिसहरु गर्मी छल्न केहीदिनका लागि भएता पनि सिन्धुली, रामेछाप, दोलाखा जस्ता जिल्लाहरुमा बाक्लै जाने गरेको तथ्याङ्कले देखाउछ ।

औपचारिक मापन हुन नसकेता पनि स्थानीयहरु यो ठाउँ मधेशको नै सर्वोच्च चुरे पहाड भएको दावी गर्छन । १० बर्षे जनयुद्ध हुर्काउन उर्वर भूमिको रुपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पूर्व लडाकुहरुले अहिले पनि निक्कै श्रद्धाका साथ लिने गर्दछन् । यसै कारणले यो ठाउँमा शहीद पार्कको पारम्भिक शिलान्यास गरिएको थियो । जसलाई प्रधानमन्त्री प्रचण्ड स्वयम् पुगेर शिलान्यास गरेका थिए ।

स्थानीयका अनुसार विकटताका कारण निर्माण सामाग्री पु¥याउन नसक्दा केही योजनाहरुमा अपुरा नै वने । ‘नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ जत्ति मनोरम छ त्यति नै ऐतिहासिक विरासत समेत वोकेको छ’, स्थानीय बिष्णु भण्डारीले भने, ‘मधेशको छोटो दूरीमा पाईने यो हावापानी वास्तवमा प्राकृतिक वरदान हो ।’

भौगोलिक भू–धरातल र फुसका घरहरुले निक्कै विकट लाग्ने यो ठाउँवाट पुरै तराई नियाल्न सकिन्छ । समुन्द्री सतहवाट झण्डै ७ सय मिटर उचाईमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यू टावर पनि भन्ने गर्दछन् । स्थानीयका भनाईअनुसार दुई दशक अघिसम्म यहाँ घनावस्ती थियो । विकटता कै कारण मानिसहरु बसाई सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर वसे ।

औलो रोगवाट वच्न खयरमाराका मानिसहरु समेत यहीँ डाँडामा आएर बस्ने गरेको स्थानीय काजीबहादुर कार्की बताउँछन् । यहाँबाट गौरीशंकर हिमालदेखि प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेशका चुरे शृङ्खलाहरुलाई स्पष्ट दृश्यावोलोकन गर्न सकिन्छ । सिन्धुलीको गढी समेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोश्रो गढीकोरुपमा समेत व्याख्या गर्ने गरेका छन् ।

अचम्मलाग्दो त कहाँनिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरु देखिनु मधेशको लागि सबैभन्दा अनौठो विषय हो । उच्च पहाडी भेगमा पाईने सुन्तला, जुनार पाइनुले पनि यहाँको हावापानीलाई आफै प्रमाणित गर्दछ । पर्यटकीय गन्तव्यको खोजी अभियान अन्तर्गत बर्दिवास उद्योग बाणिज्य संघको नेतृत्वमा २०८१ वैशाख २९ गते शनिवार यहाँ पुग्दा धेरै मानिसहरुले चनौट डाँडालाई मधेशको हिमालको रुपमा चित्रण गरे ।

उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खड्काले चनौटे डाँडा मधेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य वन्न सक्ने र यसलाई सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने वताए । उनले यो उचाईबाट दृश्यावोलकन गर्न सकिने मधेशका फाँटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको वताउदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र प्रबर्द्धनमा कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए । बर्दिवास नगर सांस्कृतिक तथा पर्यटन प्रबर्द्धन समितिले पनि चनौटे डाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ । समितिका अध्यक्ष हिरा गौतमले मधेश र विहारमा प्रचण्ड गर्मी कारण चिसोको खोजीमा रहेका आन्तरिक र वाह्य पर्यटकको लागि चनौटे डाँडा महत्वपूर्ण रहेको वताउदै यसलाई थप प्रचारप्रसार गर्ने वताए । – न्यूज कारखाना

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७