संसदको गतिरोध अन्त्यको प्रयास : प्रतिनिधिसभा बैठक ४ बजेसम्मका लागि स्थगित


३ जेष्ठ २०८१, बिहीबार
Congress awarudd

काठमाडौं । प्रतिनिधिसभा बैठक ४ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ४ बजेसम्मका लागि स्थगित भएको हो ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले र सभामुख देवराज घिमिरेलाई टेलिफोनमार्फत बैठक केहीबेर ढिला गर्न आग्रह गरेका थिए । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले कांग्रेसका शीर्ष नेतासँग वार्तामार्फत सहमतिको प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्रीले आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने गरी वातावरण सिर्जना भइरहेको सभामुखलाई जानकारी गराएका थिए । सभामुखले पनि आजै कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७