काठमाडौं–तराई मधेस द्रुतमार्गको लेनडाँडा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ (तस्वीरहरु)


२०८१ जेठ ४ शुक्रबार ०७:१२ बजे

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई-मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङ मार्गको जोडी सुरुङे १,६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङ मार्गको ब्रेक थ्रु भएको जनाएको हो ।

‘नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको आज २०८१ जेठ ४ गते ब्रेक थ्रु भएको छ’, सेनाको विज्ञप्तिमा भनिएको छ ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरूमध्ये निकट भविष्यमा दुवैतर्फको सुरुङ मार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको सेनाले जनाएको छ । नेपाली सेनाले २०७४ सालेदेखि द्रुतमार्ग निर्माण कार्यको जिम्मेवारी लिएको हो । २०८३ चैत मसान्तसम्म द्रुतमार्ग निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सेनाले लिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७